पछिल्लो अपडेट: जुलाई २०२६
DM Training Online Course मा स्वागत छ। यस वेबसाइटमार्फत प्रदान गरिने सेवा वा कोर्सहरू उपयोग गर्नु अघि कृपया तल उल्लिखित नियम र सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। यस वेबसाइटमा दर्ता वा खरिद गरेपछि तपाईंले यी नियमहरू स्वीकार गरेको मानिनेछ।
भर्ना वा दर्ता गर्दा विद्यार्थीले आफ्नो वास्तविक नाम, फोन नम्बर, इमेल ठेगाना, जन्म मिति, र शिक्षा सम्बन्धी सही विवरणहरू उपलब्ध गराउनुपर्नेछ।
भुक्तानी प्रमाणको रूपमा अपलोड गरिएको स्क्रिनसट वा विवरण वास्तविक हुनुपर्दछ। यदि कुनै पनि विवरण वा भुक्तानी प्रमाण झूटो पाइएमा, उक्त खाता बिना कुनै पूर्व-सूचना रद्द वा निलम्बन गरिनेछ।
कोर्स खरिद सफल भएपछि विद्यार्थीलाई प्रदान गरिने Access Code वा लगइन विवरणहरू गोप्य राख्नुपर्ने जिम्मेवारी स्वयं विद्यार्थीको हुनेछ। आफ्नो लगइन विवरणहरू कसैसँग पनि साझा नगर्नुहोस्। एउटा पहुँच कोड केवल एक जना विद्यार्थीको प्रयोगको लागि मात्र मान्य हुन्छ।
यस कोर्समा उपलब्ध भिडियोहरू, पीडीएफ, कोड फाइलहरू, र अन्य शैक्षिक सामग्रीहरू DM Training Online Course को बौद्धिक सम्पत्ति हुन्। यी सामग्रीहरूलाई:
यस नियमको उल्लंघन गरेको पाइएमा कानुनी कारबाही गरिनेछ र खाता तुरुन्त निलम्बन गरिनेछ।
यो कोर्स डिजिटल सामग्री र सेवा भएको हुनाले, भुक्तानी सफल भई Access Code प्राप्त गरिसकेपछि कुनै पनि अवस्थामा रकम फिर्ता (Refund) गरिने छैन। रकम फिर्ता सम्बन्धी विस्तृत जानकारीका लागि हाम्रो रकम फिर्ता नीति (Refund Policy) ध्यानपूर्वक हेर्नुहोस्।
यदि कुनै विद्यार्थीले यी सर्तहरूको पालना नगरेमा वा वेबसाइटमा कुनै अनधिकृत गतिविधि गरेको पाइएमा, हाम्रो टोलीसँग कुनै पनि समयमा उक्त विद्यार्थीको पहुँच निलम्बन वा सधैंका लागि बन्द गर्ने अधिकार सुरक्षित रहनेछ।
हामीले आवश्यक परेको खण्डमा यी नियम र सर्तहरूलाई कुनै पनि समयमा परिमार्जन गर्न सक्नेछौं। नियमहरू परिवर्तन भएमा सोको जानकारी यसै पृष्ठमा अपडेट गरिनेछ।